
धेरैले मोबाइल फोन खरीद गर्दा यसको क्यामराको क्षमता, ब्याट्री तथा अन्य फिचरहरुमा ध्यान दिने गर्छाै । तर उक्त मोबाइल फोनको जानकारी पुस्तिकामा सानो अक्षरमा लेखिएको यसको रेडियसन लेभल अर्थात् विकिरणको तहको बारेमा पढेका छैनाै तर हामीले चौबिसै घण्टा आफ्नो साथमा राखिने स्मार्टफोनहरुले कतै हानिकारक विकिरण उत्पन्न गरेर हाम्रो स्वास्थ्यलाई नै असर पारिरहेका त छैनन् ? ख्याल राख्नुस
विज्ञहरुका अनुसार मोबाइल फोनको अधिकतम विकिरणको तह अर्थात् एसएआर भ्यालू १.६ वाट प्रति केजी भन्दा बढि हुनु स्वास्थ्यको लागि हानिकारक हुन्छ
०.६० वाट प्रतिकेजी भन्दा कम एस ए आर भएका स्मार्टफोन प्रयोगका लागि सबैभन्दा उत्तम हुने बताइन्छ ।
यी हुन् सबैभन्दा बढी रेडियसन उत्सर्जन गर्ने स्मार्टफोन
- चिनिया स्मार्टफोन कम्पनी शाओमीको एम आइ ए १ सबैभन्दा धेरै विकिरण उत्सर्जन गर्ने स्मार्टफोनको रुपमा रहेको छ । उक्त स्मार्टफोनको एस ए आर १.७५ रहेको छ ।
- वनप्लस ५टी स्मार्टफोन , जसको एस ए आर १.६८ रहेको छ ।
- शाओमीकै एम आइ म्याक्स थ्री,जसको एस ए आर १.५८ रहेको छ
- वन प्लस ६ टी स्मार्टफोन ,जसको एसएआर १.५५ रहेको छ ।
- एचटिसी यू १२ लाइफ स्मार्टफोन,एसएआर १.४८ रहेको छ ।
- शाओमी एम आइ मिक्स थ्री , एसएआर१.४५ रहेको छ ।
- गुगल पिक्सेल थ्री ,एसएआर १.३९ रहेको छ ।
- वन प्लस फाइभ, एसएआर १.३९ रहेको छ ।
- आइफोन सेभेन,एस ए आर १.३८ रहेको छ ।
सबैभन्दा कम रेडियसन उत्सर्जन गर्ने स्मार्टफोनहरू
सामसुङ ग्यालेक्सी नोट ८ः एस ए आर ०.१७
जेडटिइ एक्जोन इलाइटः एस ए आर ०.१७
एल जी जी सेभेनः एस ए आर ०.२४
सामसुङ ग्यालेक्सी ए ८ः एस ए आर ०.२४
सामसुङ ग्यालेक्सी एस ८ प्लसः एस ए आर ०.२६
सामसुङ ग्यालेक्सी एस सेभेन एजः एस ए आर ०.२६
एचटिसी यू ११ लाइफः एस ए आर ०.२८
एलजी क्यू ६ः एस ए आर ०.२८
सामसुङ ग्यालेक्सी एस नाइन प्लसः एस ए आर ०.२९
मोटोरोला मोटो जी ५ प्लसः एस ए आर ०.३०
मोटोरोला मोटो जेडः एस ए आर ०.३०
सामसुङ ग्यालेक्सी जे सिक्स प्लसः एस ए आर ०.३१
जेडटिइ ब्ले ए ६१०ः एस ए आर ०.३१
सामसुङ ग्यालेक्सी जे ४ प्लसः एस ए आर ०.३२
सामसुङ ग्यालेक्सी एस ८ः एस ए आर ०.३२
जेडटिइ ब्लेड भी ९ः एस ए आर ०.३२
from:The German Federal Office for Radiation Protection
Comments
Post a Comment