रोवर्ट सोफीया पछी चिनमा शिन शाओमेंग न्युज एंकर
एजेन्सी“मानव द्धारा निर्मीत निर्जिव मानव”, यो वाक्य सुन्दा केहीअचम्मलाग्न सक्छ तर यही नै आर्टिफिसियल इन्टेलिजेन्स् हो । सहज रुपमा भन्नु पर्दा मानवको वौद्धिक क्षमता समान काम गर्न सक्ने मेशिनलाई नै आर्टिफिसियल इन्टेलिजेन्स् भनिन्छ ।
चीनले दुनियाकै पहिलो महिला एआई (आर्टिफिसियल इन्टेलीजेन्ट) न्युज एंकर (समाचार वाचक)को निर्माण गरेको छ ।अब मान्छेको सट्टा एआईको माध्यमबाट चल्ने यिनै भर्चुअल न्युज एंकरले टिभीमा समाचार पढ्नेछिन् ।यिनलाई शिन शाओमेंग नाम दिइएको छ ।
चीनको समाचार एजेन्सी शिन्हुआले बताएअनुसार एआईबाट चल्ने पत्रकारमाथि धेरै प्रयोगपछि मात्र उनलाई टीभी स्क्रीनमा ल्याउन लागिएको हो । बेइजिङकाे सोगोउ इंकसँग मिलेर शिन शाओमेंगको निर्माण गरिएको हो ।एआईले घण्टौसम्म नरोकिएरै समाचार वाचन गर्नसक्ने हुदा यसले समाचार उत्पादनको लागतमा पनि कमी आउने बताइएको छ ।अघिल्लो वर्षको नोभेम्बर मा चीनको वुज्हेनमा आयोजित एक 'टेक एक्सपो'मा दुई पुरुष एआई न्युज एंकरबाट नै समाचार वाचनमा एआईको प्रयोग सुरु भएको थियो । त्यस्तैगरी यसभन्दा अगाडी अरेवियामा रोवर्ट सोफीया नामकाे कृतिम मानव वनाइएको थियो ।कुनै एक काममा मात्र केन्द्रीत नभइ वातावरण र परिस्थिति अनुसार कामगर्ने र नयाानयाा कुरा सिक्दै जाने हुनाले त आर्टिफिसियल इन्टेलिजेन्सलाई मानव वौद्धिक्तासाग दााज्ने गरिएको छ ।
Comments
Post a Comment