समाजसेवा


यौन प्यास मेट्न होटल छिरेको
अधवैशे बचायो रे
उसैको दुई बर्ष देखिको
मिल्ने साथि लाई
पुलिस चौकीमा पठायो रे
उसलाइ
बलात्कार केहो मतलव छैन ,
 किनकी उ त
समाजसेवी पो हो त

नेपाली धर्तिमा सबैले देख्ने गरि
रणाको चलेको बेला
नेपाली नागरिकता लत्याएर
परिवारको खुसीमा तिलाञ्जलि दिइ
अङ्ग्रेजीमा गित समाएर
डिस्को जान्छ
किनकि उ त
समाजसेवी पो हो त

आफ्नैलाइ ठगेर होस या
झुठा कुरा गरेर होस
पिकनिकमा पनि अचेल
नेपालि गितमा नाच्दैन
किनकी उ त
समाजसेवी पो हो त

इमानदारीता सकियो उसको
अझै निर्दोश छ उ
सत्यतथ्य कुरा के हुन
पीडित पिडक जोसुकै हुन
कस्लाइ पो था छ र
सम्पति थुपार्नु छ उसलाइ
किनकि उ त
समाजसेवी  पो हो त

दलालि नलगाइ कोठा भाडा त पाइए
अन्तराष्ट्रिय कमैया हाै र त
उसैका गित गाइए
भष्ट्रचार के हो उसलाइ केही
मतलव छैन
किनकी उत
समाजसेवी पो हो त

राम्रो कुरामा ताली बजाउ
नराम्रो मा पनि  बजाउ
केही फरक पर्दैन मन मिलेमा
जोसुकै लाई बजाउ
चर्चा कमाउन जे पनि गर्या  छ
सदाचार के हो
उसलाइ केही मतलवै छैन
किनकी उ त
समाजसेवि पो हो त

आफुलाइ मात्र राम्रो देख्छ
अरूलाइ वाटै छेक्छ
पदकै पछी दाैडेकै  छ
प्रतिष्टा दुइ काैडीको छैन
काग हो रत उसलाइ बेल पाक्छ
किनकी उ त
समाजसेवि पो हो त


Comments

Popular posts from this blog

thread

psychology two questions n their answer