विद्धार्थीका लागी अविश्मरणिय छन रविन्द्र अधिकारी



आयो टप्प टिप्यो लग्यो मितिपुग्यो टारेर टर्दैन यो
इन्द्रै बिन्ति गरून झुकेर पदमा त्यो विन्ति मान्दैन त्यो

Nepal Tourism Minister Among 7 Killed In Helicopter Crash: Report
r



संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी सवार एयर डाइनेस्टिकको हेलिकप्टर बुधबार ताप्लेजुङमा दुर्घटनाग्रस्त हुँदा मन्त्री अधिकारी सहित ७ जनाको निधन भएको छ । पिता - इन्द्र प्रसाद अधिकारी र माता - लक्ष्मीदेवी अधिकारीको कोखवाट वि.सं. २०२६ साल बैशाख २२ गते कास्किको भरतपोखरी गाबिस-९ जामुनाबोटमा जन्मिएका उनि विद्धाथीका लागि मार्गदशक छन । उनको यो जिवनि पढाैं


अधिकारीको जीवनीः

पिता - इन्द्र प्रसाद अधिकारी 
माता - लक्ष्मीदेवी अधिकारीको 
जन्म मिति -  बि.सं. २०२६ साल बैशाख २२ गते जन्मस्थल - कास्की भरतपोखरी गाबिस-९ जामुनाबोटमा 
श्रीमती -  बिद्या भट्टराई( तत्कालीन विद्यार्थी नेतृ , हाल त्रिभुवन विश्वविद्यालय अन्तर्गत आरआर क्याम्पसमा प्राध्यापनरत)
अध्ययन - ब्यवस्थापनमा स्नातकोत्तर 
सन्तान : दुई छोरा 

विद्यार्थी राजनीति :
१. २०३७ सालमा विद्यार्थी राजनीति मार्फत राजनीतिमा प्रवेश ।
२. प्रबेशिका उतीर्ण गर्ने बित्तिकै बन बिज्ञान अध्ययन संस्थानमा भर्ना भएपनि केही समयपछि २०४२ सालमा पृथ्वीनारायण क्याम्पस पोखरामा अध्ययन शुरू ।
३. बिद्यालयदेखि नै राजनितिमा चासो राख्ने हुनाले क्याम्पस पुगेपछि बिद्यार्थी राजनैतिक गतिबिधिमा सक्रिय ।
४. २०४४ सालमा अनेरास्वबियु पृथ्वीनारायण क्याम्पस कमिटीको अध्यक्ष ।
५. २०४५ मा १ बर्ष माध्यमिक बिद्यालयमा अध्यापन ।
६. २०४५ सालमा स्वबियु पृथ्वीनारायण क्याम्पस सदस्य ।
७. २०४५ सालमा नै अनेरास्वबियु कास्की जिल्ला कमिटी अध्यक्ष ।
८. २०४७ सालमा गण्डकी अन्चल अध्यक्ष तथा अनेरास्वबियु केन्द्रीय सदस्य ।
९. २०४९ सालमा पृथ्वीनारायण क्याम्पस पोखरामा स्वबियु सभापति निर्वाचित ।
१०. २०५३ सालमा त्रिबि केन्द्रीय क्याम्पस किर्तीपुरमा स्वबियु सभापति निर्वाचित ।
११. २०५३ सालमा नै स्वबियु काउन्सिल नेपालका संयोजक निर्वाचित ।
१२. २०५६ सालमा अनेरास्वबियुका केन्द्रीय अध्यक्ष

विद्यार्थी आन्दोलनमा उल्लेख्य :
-शिक्षामा भएको निजीकरण र ब्यापारिकरण विरुद्ध लामो संघर्ष 
- प्रबिधिक शिक्षाको बिस्तार र गुणस्तरियता, सबैका लाई गुणस्तरिय शिक्षा जस्ता आन्दोलनको अगुवाइ 
- वहुचर्चित कालापानी मार्चको नेतृत्व 
- सीमा सुरक्षा अभियान, नेपाली भू-भाग डूबाउने लक्ष्मणपुर बांधको बिरोध 
-शाहज्यादा पारस शाहको ज्यादती बिरुद्द आन्दोलन, हत्यारा बस्ने दरबारमा हैंन जेलखानमा हो भन्दै ५ लाख २३ हजार हस्ताक्षर दरबारमा बुझाउने आन्दोलनको नेतृत्व 
- यातायात लगायत सार्बजनिक क्षेत्रमा ३३ प्रतिशत बिद्यार्थी सहूलियतको आन्दोलनको प्रमुख अगुवाई।

राजनीतिक यात्रा :
१. २०४६ सालदेखि राजनीतिमा विशेष सक्रिय ।
२. पञ्चायत विरोधी आन्दोलनमा लागेका कारण २०४६ सालमा ८ महिना जेल जीवन ।
३. प्रतिगमन विरोधी आन्दोलनमा ४ पटक पक्राउ परी हिरासत ।
४. बिगतमा एमाले कास्की जिल्ला कमिटीका सदस्य ।
५. बिगतमा एमाले कास्की जिल्ला कमिटीका सचिव ।
६. बिगतमा एमाले कास्की जिल्ला कमिटीका अध्यक्षमा निर्वाचित ।
७. संविधान सभा २०६४ को सभासद ।
८. २०७० सालको संविधानसभा सदस्य ।
९. रुपान्तरित व्यबस्थापिका संसदको सदस्य ।
१०.२०७४ को आमनिर्वाचनमा पुन:  तेस्रोपटक कास्कीवाट प्रतिनिधि सभामा निर्वाचित 
११.नेकपाका केन्द्रीय सदस्य 
१२.वर्तमान सरकारका संस्कृति ,पर्यटन तथा नागरिक उड्डयनमन्त्री 

कृति/प्रकाशन
१. संविधानसभा : लोकतन्त्र र पुनर्संरचना
२. समृद्द नेपाल
३. बिगत दुई दशकदेखि राजनीति एवं विकाससम्बन्धी  सयौ अनुसन्धान र राजनीतिक लेखहरु प्रकाशित  भएका छन् ।

source:ratopati

Comments

Popular posts from this blog

psychology two questions n their answer

thread